Friday, August 6, 2021

महाभारत कथा

महाभारत कथा


परासर रिसिका र मक्षगन्धाका छोरा ब्यास रहेछन । मक्षगन्धाले डुङ्गा चलाउथिन रिसिलाई डुङ्गा तारी पारी लादा बिचैमा कुइरो उत्पन्न गरि ब्यासको जन्म भएको रहेछ । मक्षगन्धालाई पनि तिनै रिसिले अब आज देखि तिम्रो नाउ सत्तेवती भनेर नाउराखेका रहेछन ।

भिस्मपितामह 

भीष्म पितामह भनेका गङ्गाका छोरा गङ्गाबाट निस्केकिलाइ श्रीमती बनाइ सान्तनु राजाले गङ्गामै आठ छोरा पाय गङ्गाले मैले जे गरेपनी केइ बोल्न पाउने छैनौ भनेर वाचा गरेकी थिइन र आठ छोरा पायमा सातवटा  गङ्गामै बगाइन यौटालाइ समय आयपछी दिन्छु भनी राखेकी थिइन । हुर्काइ बडाइ सिक्षा दीक्षा दियर बाउको जिम्मा लगाइन । भीष्म पितामह भनेका तिनै रहेछन । 

सत्तेबती भनेकी खेटककी छोरी रहिछन । उन्ले पनि डुङ्गा चलाउनी रहिछन । सन्तनु राजा घोडा चडेर ठूलो सागरमा पुगे तेहा पुग्दा सागरको छेउमा बसेकी सत्तेबतीलाई देखे । नजिकै गयर भने तिमी संग म बिबाह गर्छु । सत्तेबतिले भनिन मेरो बाबा सङ्ग भन्नू पर्छ भन्दा हिन भनी घर्मै गयर खेटकलाइ सोधे । खेटक्ले भने छोरी दिन्छु तर मेरै छोरिको जेठो छोरो राजा हुन पाउनु पर्छ भने अनि राजा मुर्मुरिदै घर आय । मर्नु न बाच्नु जस्ता भय । छोराले बाउको चाला देखेर अचम्म भय सारथि सङ्ग बुज्न जांदा सबै कुरा थाहा भयो र छोराले सत्तेबती लियर आइ बाउको जिम्मा लाय आफुले भने मैले बिभा पनि गर्दिन म राजा पनि हुन्न भनी प्रतिज्ञा गरेका रहेछ्न। र राजाले हस्तिनापुर तेरो जिम्मा भनेर राजा मरे । तेस्तो भयर भिस्मपितामह भनेका रहेछ्न।

पाँच पान्डप

ब्यासजिका तिनोटी सिर्मती थिय । जेठिका छोरा धिर्तरास्ट्र माइलिका छोरा पान्डु कान्छिका छोरा बिदुर रहेछन । जेठा अन्दा हुनाले र कान्छा दासी पुत्र हुनाले माइला पान्डुलाइ राजा बनायका रहेछन । पान्डुले पैला कुन्ती बिबाहा गरे तेस्पछी मातृकालाइ पनि बिबाह गरे पछि दाजु धिर्तरास्ट्रलाइ म आउने सम्म तिमी राजा भयर बस भनी आफू र दुइटी सिरमती लियर घुम्न गय । जाँदा यौटा रिसिको आसरम मा बस्तथे कथाहरु सुन्थे । दैब सन्जोक उनै रिसिले सराप दिय छोराछोरी हुने छैनन् भनी सराप दिय पछि कुन्ती शीत भने यस्तो सराप परो अब कसो गरुँ भन्दा कुन्तिले भनिन मैले रिसिको बरदान पायकी छु भनिन । धर्मराज लाई सम्जिन युदिस्टिर दिये, बायुलाइ सम्झिन भिम दिये, इन्द्रलाइ सम्जिन अर्जुन दिय मातृकाका दुई छोरा शीत पाँच पान्डप भयेका रहेछन । 

महिलाहरु कुरा मन्मा राख्न नसकुन

कुन्तिले रिसिलाइ खुसी पारेर पायेको बरदान लाई निश्चय गर्छु भनी यकान्तामा गयर सुर्जेलाइ नमस्कार गरि सम्जिन सुर्जे तुरुन्तै आयर मलाइ किन बोलायौ भनी म आयपछी केही न केही दियर जान पर्ने  हुन्छ भनी पुत्र दियेर गय । बिवाह नगरी जन्मेका पुत्र भनी यौटा कार्टुन मा राखेर गंगामा लागि बगाइन । एकजना कसैले निकाली पालन पोसाण गरि सिक्षा दीक्षा दियेर अङ्ग देसको राज्जे गरेको हुनाले अङगराज करण भन्थे । कर्णलाइ आमा कुन्ती हुन भन्ने थाहा थियन अरु पान्डब हरुलाइ पनि हाम्रो दाजु हो भन्ने थाहा थियेन । लडाइँ सुरु भयो सबै मरिसके कर्ण पनि मरो कुन्ती गयेर मरेको लासलाइ झम्टेर रुन थालिन पन्च पान्डप छक्क परे । बल्ल कृष्णले तिम्रै दाजु हो भनी दिय तेसैबेला युदिस्टिरले सराप दिय महिलाहरु कुरा मन्मा राख्न नसकुन भनेका रहेछन । 

दुरोपति

दुरोपती भनेकी हुमन कुन्डको ज्वालाबाट निस्केकी रइछन । पन्च पान्डब्ले भिच्च्या मागी आयेम भन्दा नहेरी कुन्तिले पाँचै भाइले बाडेर खाउ भनेकी हुनाले दुरोपती पाँच पान्डबकी सिर्मती बनेकी रहिछन । सोयम्बर्को कारेक्रममा धनु उठाउन नसकेर माला लाउन नपायेको हुँदा दुरोधन र कर्ण रिसायर दुरोपतिको सारी दुस्सासनले तानेर बिजेत गर्न खोजेको रहेछ । दुरोपतिले दुरोधन पानीमा खस्ता अन्दाको छोरो अन्दै हुँदोरहेछ भनेकी हुनाले पनि दुरोधन रिसायेको रहेछ । दुस्सासनले सारी तान्दा पाँच पान्डब जुआमा हारेको हुनाले सिर नुगायेर बसे सभामा बसेका पनि कोहि बोलेनन् । तेहादेखी दुरोपतिले केस फुकाएर राखेकी हुन् । आफ्नु तेत्रो बिजत हुँदा कसैले नहेरेको हुँदा आँखा छोपेर हे कृष्ण! भनी बोलाइन । कृष्णले रक्षा गरे । यो सन्सारमा कृष्ण जस्तो ठूलो कोहि छैन । 

लडाइँ

अर्जुनले एउटा कृष्ण लाई रोजे दुरोधनले अरुसेना रोजे । लडाइँमा कौरब जतिले हारे । धिर्तरस्टका सय भाइ मरिसके । तेस्पछी गान्धारिले यइ कृष्णको खेल हो भन्ने जानेर घर्मा बोलाइ र हे कृष्ण तिम्रै खेलाले मेरा सय भाइ मारिय अब तिमी लाई म सराप दिन्छु सुन भनी सराप दियर भनिन हे कृष्ण तिम्रा यदुबौसिहरु सबै नास हुन् र तिमी मात्र यक् बाँचे भनेर सराप दियकी हुनाले कृष्ण एक मात्र बाँचेका रहेछन् । कृष्णले हरपल साथ दियेको र सारथि भयर हिडेको हुनाले भिमले दुरोधन र दुसासन लाई मार्न सकेका रहेछन् । सारथि बनेर बाणको टुप्पा मुनि सुदर्शन चक्र पठायर सबै सेनाहरु मारेका रहेछन् । हस्तिनापुर जिम्म लगाउन भनी भीष्म पितामह बाँणको सैयामा सुतेर बहेका रहेछन् । इक्षा मरण भयको हुनाले जिम्मा लगायर मर्छन । उनी सोजै कृष्ण मा लिन भयर जान्छन् । 

सिखन्डी 

कासी नरेस्की छोरी अम्बाले भीष्म पितामह सित बिबाह गर्छु भनेकी भीष्म पितामहले म बिबाह गर्दिन बिबाह नगर्ने प्रतिज्ञा गरेको छु भन्दा रिसायर सिखन्डी बनेर लडाइमा लड्न गइ । भीष्म पितामहले महिला लाई नहान्ने प्रतिज्ञा गरेका हुनाले सिखन्डिले हान्नी भीष्म पितामह थापियर बस्नी गरे । भीष्म पितामह इक्षा मरण भएको हुनाले उनी जति हाने पनि मरेनन् बाणैबाणको सैयामा सुति राखे । सिखन्डी र अरु सबै सेना मरि सके । कुल गुरु लाई भने कसैले हानेनन् । युदिस्टिरले असोस्थामा हट हट भनेपछी दोणाचार्य लाई मारे । असोस्थामा निदार मणि भयेको हुनाले सारै फुर्ती गरेको थियो । कृष्णले झपार्दा मणि पनी झिकी दियो । आफू पनि कृष्णको सरापले जाँहाजाँहा मान्छेको लास छ तेहि जाने र तेहि खाने गरेर बस्न थाल्यो । 

सोर सय गोपिनी

राक्षस नरकासुर र छोरी मौरबी मिलेर सबै उडा बासिका कन्या जति सबै आफ्नु काराघारमा लादै थुन्दै गरेर सोर सय पुरायको रहेछ । कृष्ण लाई थाहा भयो र राधा लाई लियर गय । अनि अनेक गरेर राक्षस र मौरबिलाइ मारे अनि कृष्ण ले भने आफ्ना आफ्ना घर जाओ भन्दा कन्याहरुले भने अरुले अपहरण गरेर ल्यायका छोरी कसैले घर्मा लगेर रख्दैनन् गाउँले हरु पनि धेरै कुर काट्छन । कृष्ण हाम्लाइ पार लगाउ हामी कहि नगयर तिमी संगै जन्छौँ हामिलाइ छोडेर नजाउ भनेपछी कृष्ण ले भने तेसो हो भने तिमिहरु जाँहा छौ तेहि बस मलाइ पति मान मैले बेला बेलामा आइ भेट्ने छु भनी राधा कृष्ण आफ्ना ठाउँमा गय । तेइ भयर कृष्ण का सोर सय गोपिनी भनेका रहेछन् । 

घटोत्कच र ब्रबरिक 

पन्च पान्डब बनबास गयको बेलामा राक्षस्नि हेरंबा शीत बिबाहा गरेका थिय । हेरंबाले घटोत्कच भन्ने छोरो पाइन । भिमले मैले बिबाह गरे पनि हस्तिनापुर राजदरबारमा जान पाउने छैनौ भनी बाचा गरायका थिय। तेसैले उ सधै जङ्गल मा बसेर राज खान्दान को पालना गरेकी थिइन् । छोराको बिबाह गर्ने बेला आयो कृष्णले बराउनी गरे । मौरबी ले मैले प्रस्न सोधेको उत्तर दिन सक्ने र मसङ्ग लडेर जित्न सक्ने शीत बिबाह गर्छु भनेकी थिइन् । घटोत्कचले प्रस्न मा पनि जिते र लडेर पनि जिते र बिबाहा गरे । अनि ब्रबरिक भन्ने छोरो पाय । ब्रबरिकले कृष्णलाई गुरु बनायो र सिक्षा दीक्षा पायो । देबि दुर्गा लछ्मिको तपस्या गरो । सिबजिको पनि तपस्या गरेर बिस्सोमा कसैले जित्न नसक्ने वर पनि पायो । धोस्त पार्ने साधन हरु पनि पायो । उसलाई कसैले मार्न नसक्नी भयो । 

ब्रबरिकलाइ वर दिने सबैले कमजोर शीत लडेस् भनेका थिय । तेसो हुँदा कृष्ण र अर्जुन लाई पिर परो । सोचेर सल्लाह गरे अब कुनै देउतालाइ टाउको काटेर भोग दिन परो अरुले दियेर भयन । कृष्ण ले जाल् गरेर कि मैले कि त अर्जुनले दिन पर्ने भयो भन्दा हजुर गुरु हुनु भयो अर्जुन ताश्री हुनु भयो मैले नै भोग दिन परो भन्दा कृष्णले देउता तिर फर्केर आँखा तनक्क तानेर ठूलो सास्फेरे अनि ब्रबरिकले आफ्नो सिर काटेर कृष्ण लाई दिय अनि भने अरु त केही थिएन लडाइमा को को मर्छन हेर्ने धोको थियो भने । अनि कृष्णले रुखको टुप्पोमा लयर टाउको राखी दिय अनि लडाइ सुरु भयो । लडाइ सकेर को को ले के के गरे ब्रबरिक भन्दा मैले त अरु केही देखिन जहाँ जति मरे कृष्णकै हात बाट मरे भन्दियो । अरु सबै हिस्स परेर गय । कृष्ण मलाइ मुक्ति दिनुहोस हजुर्को असली रुप हेरेर मर्छु भनी कृष्ण मानै लिन भयर गय । 

सिसुपाल 

कृष्ण कान्छी फुपुको छोरा सिसुपाल जन्मदा मा पनि यउटा आँखो भयेको थियो । जस्को काखमा आखो भन्छ उसैको हात बाट मर्छ भनेका थिय । यकदिन कृष्ण फुपुका घर गयर सिशुपाल लाई समाय आँखो कृष्णको काखमा भयो । सबैलाइ कृष्णको हातबाट मर्छ भन्ने थाहा थियो । यकदिन राजाको ठूलो सभामा कृष्ण सिशुपाल दुरोपदी सबै तेहि थिय सिशुपालले कृष्ण लाई गाली गर्न थाल्यो कृष्णले सय गाली सम्म सहे । सय काटे पछि अति भयो र सुदर्शन चक्र छाडी मारी दिय । चक्र पठायको उम्ठोमा रगत आयको थियो । दुरोपदिले आफ्नो सारी च्यातेर उम्ठो बाधेकी हुनाले कृष्णले मैले अप्ठेरो परेमा धागाको मूल्य चुकाउनेछु भनेको भयर दुरोपदी लाई कृष्ण हरपल साथ दिदै आयका रहेछन र दुरोपदिको इजत बचाइ दियका रहेछन कृष्णले । 

सत्ते र असत्तेको फल

कौरब जति सबै मरे । पन्च पान्डबले हस्तिनापुर जितेर युदिस्टिर राजा भय दुरोपदी रानी भइन । युदिस्टिर राजाले अर्जुन लाई रक्षामन्त्री बनाय भिम लाई प्रधानमन्त्री बनाय । नकुल लाई र सहदेब लाई आफ्ना रक्षक बनाय । कुन्ती पनि महारानी भइन । बिदुरको पनि इक्षा पूरा भयो । भिस्मपितामह पनि हस्तिनापुर जिम्मा लायर इक्षा मरण भयो । सान्तनु राजाले भनेको कुरा पनि पूरा भयो । गंगाको इक्षा पनि पूरा भयो । अन्दाले र गान्धारी सय भाइ छोरा मरेर टाउकोमा हात राखी दिन गुजारा गरेर बसे । भय पाप र पुन्नेको सत्ते र असत्तेको फल सबैले बुझे । महाभारत कथा सबैले हेरे र बुझे । 

Friday, July 2, 2021

एक कक्षाको पाठ

२०७८ साल असार १७ गते - 2078/03/17

मैले एक कक्षा पढ्दा कण्ठ पारेको पाठ हो। ऐले पैसट्ठी पार गर्दा याद आएर लेखेकी हुम्। बाबा हरुले पड्ने बेलामा यस्तै चलन थियो। बाबु नानि हरु सबैलाई सुनाउ दिय। झ्याउ नमानी पढ्न भनि दिय। पैसठी बर्स पुगो छैसट्ठी लायकी आमाको सम्झना कम्पुर्टमा राखेर हेरे है।  सबैकी आमा सोभा सापकोटा।  


घामलाई उछिनेर उठ मेरो बाबु 

दिसाजाउ सुची भउ दतिउन लाउ। 


नुआएर चोखो लुगा फेर सिबभज 

बाबा आम दिदि दाजु सबैलाई ढोग।  


एकछिन पाठपढी भात खान आऊ 

भात खाई लुगालाई पाठसाला जाऊ। 


गुरुलाई खुसि पार पाठ लेखी घोकी 

साथि सँग मिलिजुली घर आऊ काजि। 


बटुकीमा दुध  भात छोपी राखी दिउला 

हात धोई मेरो बाबु खुपू खुपू खाउला। 


यकछिन खेल डुल साथी संग जाऊ 

घामउता डुबे तिमी छिटो घर आऊ। 


बबलाई घाँस हाल निनिलाई बाँध 

हात गोडा धोई आऊ खाउ दुध भात। 


यकछिन पाठ पढी ओछ्यानमा आऊ 

सिबभज मेरो काखा आऊ गर जिउ। 

- सोभा सापकोटा।








Monday, June 21, 2021

शिव पुराण

सिबपुराण 

१. सिबपुराण माहाकालेसोर बार जोतिर्लिङग मा पैलो जोतिर्लिङग भनेको कुम्म करणको र कर्कटिको छोरा भिमा सन्कर ले तपस्या गरेको हुनाले र त्यहीँ मरेको हुनाले तेस ठाउँको नाम भिमा सङ्कर जोतिर्लिङग भयको रहेछ ।

२.  सोमनाथ ज्योतिर्लिङ्ग भनेको गुजरात्को सामैराट्मा दछ्छे प्रजापतिका २७ ओटि छोरी चन्द्रमा लाई दियका चन्द्रमाले यौटी छोरी लाई मात्र सिरमती का रुपमा राखेर अरुलाइ वास्ता नगरेका हुनाले दक्छे प्रजापतिले सराप दिदा देबताहरुमा खलबल मचियर देबताहरुले सिबको तपस्या गर्ने सल्लाह दिय । सिबजी प्रसन्न भयर वर दिदा सबै रोग त निको हुँदैन सुक्ल पक्छे मा पूरा र कृष्ण पक्छेमा आदा भयर सोमनाथ जोतिर्लिङग भयर रहेका रहेछन । सोमनाथ जोतिर्लिङग मानेका रहेछन । 

३. माकालेसोर तेस्रो जोतिर्लिङग 
माहाकाले सोर जोतिर्लिङग भनेका रहेछन तेहा यौटा सानू बालक गाई चराउन जादा खोलाको जुन ढुङ्गा मा पनि सिबलाइ देखेर यौटा ठूलो ढुङ्गा उठाइ ल्यायेर जङ्गल मा राखी तपस्या गर्न थाल्यो । तपस्या भङ्ग गर्नलाइ माहाकालेस्वर आयर मार्न लायको बेलामा सिब आयर उलाइ बचाइ आफू माहाकालेस्वोर जोतिर्लिङग भयका रहेछन । 

४. चौथो जोतिर्लिङग केदार नाथ भनेका रहेछन । कोटि रुद्र र धर्मपत्नीका दुई छोरा रहेछन, दुबै छोराले हिमालको काखमा शिव लिङ्ग बनाई तपस्या गरेर बसेका थिए । सिबजी प्रसन्न भयर नरनारायणले तपस्या गरेका ठाउँमा आइ तिमिहरुको तपस्याले म प्रसन्न भए वर माग भनेर शिव शंकरले यहीँ केदार नाथ जोतिर्लिङग भएर रहनु भन्ने बरदान दिनु भयो र तो ठाँउको नाम केदार नाथ रयको रहेछ । 

५. ओमकालेसोर जोतिर्लिङग
ओमकालेसोर ममले सोर पनि भनिन्छ । नर्बदा नदिका सिबपुरी प्रदेसमा बिन्ध्माचल महेसलाइ आफू हरेक कुरामा घमण्ड चडी सुमेरु प्रबत भन्दा अग्लो हुने इछ्याले सिबको तपस्या सुरु गरे सिबजी खुसी भयर बरमाग भन्दा आफुले चाय अनुसारको गर्न सकुँ भनी वर मागेर सिबजी प्रसन्न भइ वर दिन लाग्दा देबताहरु ले मन्दराचल भन्दा अग्लो हुने वर दिन मिल्दैन भनी सिबजी ले तेसो भय यहि ठाउँमा ओमकालेसोर र ममलेसोर भयर रहे भनी बरदान दियेको हुनाले तेस ठाउको नाउँ ओमकालेसोर र ममले सोर भनेका रहेछ्न । तो जोतिर्लिङग दरसन गरेमा मुक्ती हुन्छ भन्ने भनाइ भयकोले दर्सन गर्न जाने चलन रहेको रहेछ । जान सके राम्रो दृश्य देख्न पाइने रहेछ ।

७. मल्लिका अर्जुन जोतिर्लिङग 
मल्लिका अर्जुन जोतिर्लिङग भनेको सिबका छोरा कात्तिकेले घोर जङ्गल मा गयर सिबको तपस्या गरेका रहेछन र शिव पारबती खुसी भयर भेट्न गय गयको ठाउँमा तेहाको चलन नयाँ पाउना जडि आयभने तेहि बिभा गराउने चलन रहेछ । शिव पार्बती पनि तेहि बिभा गरिदिय । छोरा कात्तिकेको तपस्यामा सारै खुसी भयर औशी पुर्णिामा मा भेट्न आउने छौँं तिमी यहाँ मल्लिका अर्जुन भयर बस भनी शिव पार्बती दुबै जना शिव लिइ गर्भात पसेका हुनाले तो ठाउँको नाउ अर्जुन मल्लिका भनेका रहेछन् । तेहाँका मानिसहरुले कात्तिकेलाई ठुलो सन्मान दियर राखेका हुनाले कातिके घर आउन मानेका थियनन । कातिके भनेका सिबका छोरा जेठा र गडेस भनेका कान्छा रहेछन । तलाउबाट निस्केका कातिके र पारबतिले माटाले बनायका गडेस रहेछ्न। शिव नभएको बेलामा बनायको हुनाले नचिनेर काटेका रहेछन । तेहि भयर पैलो पुजा गडेस्को गर भनेका हुन् ।

८. बिसोनाथ जोतिर्लिङग
कासिमा बिसोनाथ जोतिर्लिङग भन्दारहेछन तेहा भयंकर डरलाग्दो सुक्का ठाउँ रहेछ । दुबै जना पति पत्निले तपस्या गरेर सिबजी सारै प्रसन्न भयर वर माग भन्दा यो ठाँउ लाई हराभरा पारी मुक्ती छेत्र बनाउ पानी कसरी कहाँ बाट लेआउ भन्दा पुरुषले कुवा खने मैलाले माटो फालिन सिबजी पार्बती दुबै जना आयर वर माग भन्दा यहाँ नुहाएर पिन्न दियमा पित्री सोग जाने बरदान दिनु होस भनेका हुनाले सिबले तथास्तु भनी गङगा माता लाई बोलायर गङगाले कुवामा पानी भरी ओरिपरी जतासुकै पानी बर्साइदिइन । तिनै दम्पतिले बनायका शिव लिङ्गमा शिव पारबती बिलिन भय । एकजनाले कुवा खनेर र एकजनाले माटो फालेको हुनाले कासी जाँदा दुबै जना सँगै जानू पर्छ भनेका रहेछ्न । दुबै जना जान पर्दो रहेछ । 

९. त्रम्बेकेसोर जोतिर्लिङग
महारास्ट नजिकमा गौतम रिसि र उनकी पत्नी बस्तथे तेहा बार बर्ष सम्म पनि पानी नपरेको हुँदा पानीको सारै अभाब भयकोले दुबै पति पत्नी बरुण देबताको तपस्या गरि बरुण देवता खुसी भयर तेहि ठाउँमा आइ तिमिहरुको तपस्याले म सारै खुसी भयँ बरदान माग भन्दा हामिलाइ पानीको सारै अभाब भयको छ पानी दिनु पर्यो भनी वर मागे बरुण देबताले तथास्तु भनी वर दिय र कुआ खनी पानी प्रसस्तै भयो । अरु रिसि पत्निले रिस गरे उलेपानी ल्यायो हाम्रा रिसिले केइ पनि गरेनन भनी तेस्ले तपस्या गरेर ल्यायको पानी खान्नम भनी रिसि र रिसि पत्नी मिलेर गौतम रिसिलाइ गाई मारेको दोस लगाए। फेरि गौतम रिसिले सिबको तपस्या गरि शिव खुसी भएर वर दिय तिमिहरु यहाँ त्रम्बकेसोर जोतिर्लिङग पुजा गरेर बस भनी आफू तेहि जोतिर्लिङग मा पसि बिलाय । 

१०. रामेस्वर जोतिर्लिङग
रामले सीता खोद्दै खोद्दै जाँदा रामेस्वर पुगे तेहा ठूलो सागर थियो तरने उपाय भयन र रामले सिबको तपस्या गर्न थाले पानी नखाइ पाच रात पाच दिन बिति सक्यो भनी राम रिसाउन लयको बेलामा शिव टुप्लुक्कै आयर भने सबै तिमी सितै छ किन मेरो तपस्या गरेउ भनेर भन्दा सागर तर्ने उपाय बताइदिन परो भन्दा हनुमान झसङ्ग भयर नलर्निलाइ दियको बरदान सम्झे अनि सबै मिलि ढुङ्गामा राम राम लेख्दै फाल्दै गरेर बाटो बनाइ सागर तरे र लङ्का पुगि रावणलाइ मारेर सीता लियर घर फर्केको हुनाले तो ठाउँ लाई रामेसोर भनेका रहेछन । तेहा गय पछि राम शिव सबैको दर्सन पाइने भयको हुनाले सबै जना जाँदा रहेछ्न । सितालाइ चोखायको ठाउँ भनी बत्तिस इर्डाको पानी खनायर सबैले नुआउदा रहेछन । रामेसोर पबित्र ठाँउ रहेछ । 

११. नागेसोर जोतिर्लिङग

तेहा दारुक र दारुका भन्नी राक्षस र राक्षसनि बस्तथे । राक्षस ले तो ठाउँमा सबैलाइ कनेर मरने गरि सतायको थियो । राक्षसनि सिबकी भक्ती थिइ उसले पारबतिको तपस्या गरेर पार्बती आइ तिम्रो तपस्याले म सारै खुसी भयँ वर माग भन्दा मलाई मेरो श्रीमानले सारै दुख दिय म कसो गरौँ यहि बरदान दिनुहोस भनी । पार्बतिले अरु उपाय छैन तेरो श्रीमान् लाई पृथ्वी नै उठाएर समुन्द्रको बिचमा लगेर राख भन्नी बरदान दिइन । पर्बत उठायर समुन्द्र बीचमा लगेर राखिन । यक नौ जनाको समूह आउँदा देखेर ओडारमा लगेर थुनो । तिनिहरुले ओडार्मै शिव लिङ्ग बनाइबसे । अनि शिव पार्बती दुबै जना आयर तेहि शिव लिङ्गमा हामी नागेसोर सिबलिङग भयर बस्छौं भनी बसेका हुनाले तेस ठाउँ को नाउ नागेसोर जोतिर्लिङ भयको रहेछ । तो पनि जान पर्ने ठाउँ रहेछ । मुक्ती क्षत्र देख्ने ठाउँ ।

१२. घुस्मेसोर जोतिर्लिङग
बेरुन भन्ने ठाउँमा सुघर्मा र उनकी पत्नी सुदेह बस्तथे । सुघरमा ब्राह्मणका सन्तान नहुदा घुस्मा भन्ने अर्कि श्रीमती बिबाह गरेर घुस्मा तिर पुत्र जन्मो । जन्मे पछि सुदेहले अब यले छोरो पाई मलाई हेला गर्छन भन्नी सोचेर राती दुबै जन निदायको बेलामा छोरो उठायर लगि नदिमा फालिदिइन । निन्द्रा बाट बिउँजिदा छोरो न भयको हुदा झसङ्ग भयर जता सुकै खोजे कहि पनि भेटायनन र तेहि नदि किनारमा शिव पार्बतिको तपस्या गरि तेहि सिबलिङग बनाइ बसे । सिबजी खुसी भयर पार्बतिलाइ साथै लियर तेहि आय । तिमिहरुको तपस्याले म खुसी भय वर माग भन्दा तिम्रो छोरो कहि गयको छैन सुदेहले ल्यायर फालेकी हुन भनी छोरा देखाइदिय तेहि शिव लिङ्ग मा शिव पार्बती बिलिन भयेको हुनाले तेस शिव लिङ्ग को नाउ घुस्मेसोर शिव लिङ्ग भनेको रहेछ । तेहा पनि नुआउन सबै जाँदा रहेछन ।

२१. बैइदेनाथ जोतिर्लिङग

बरापुरमा लंकापती राबणकी आमाले असुभ सपना देखेर राबण मरने भयो सिबको तपस्या गर्छु र बचाउछु भनी शिव लिङ्ग बनाइ पुजा गर्न थालिन । राबण पनि सिबको भक्ती तेइ घमण्डले गर्दा मलाई कसैले मार्न सक्तैन सिबसँग गयर मलाई शिव लिङ्ग चाइयो भनी जबर्जस्ती मागेर ल्याइ आयो । बाटोमा आउँदा उस्लाइ पिसाप लायो भुइँमा नराखी लानी भनेको शिव लिङ्ग सिबले गोठालो बनेर आइ शिव लिङ्ग  समाय उ न आउँदै भुइँमा राखी दियर आफू हराय । तेस्पछी राबण आत्तियो अनि शिव गयर राबणलाइ मारे र आफू तेहि शिव लिङ्ग मा बिलिन भएको हुनाले तेस ठाउको नाउ बैद्देनाथ भएको रहेछ । तेस्को ठूलो मैमा रहेछ दरसन गरे पुन्ने हुन्छ भनी सबै जादा रहेछन हामी पनि बारै जोतिर्लिङग गयर दर्सन गरेका हौँ । सबैले गयर दरसन गर्दा राम्रो हुन्छ बैद्देनाथ जोतिर्लिङग । 

रामायण

जनक राजाका सन्तान नभएकोले पृथ्वी जोत्दा सियो बाट निस्केकी सीता लाई छोरी बनाइ राखेका र बिश्नुले राम औतार लियेर दशरथ राजाको छोरा भयेर सीता सङ्ग बिवाहा गर्नु भयो । दशरथ राजाले सरबणकुमारका बाबा आमा अन्दा अन्दिले सराप दियको हुनाले र रामलाइ नारद्ले सराप दियका हुनाले रामलाइ बनबास जान र दशरथ राजालाई मर्न परेको रहेछ । रावण मार्न को लागि बिष्णुले राम औतार लिनु भयको रहेछ । भरतले चौध बर्ष पुग्ने दिन न आएमा आत्म हत्या गर्ने बाचा गर्नु भएको हुनाले चौध बर्ष पुद्गाको दिन आएर भरत लाई बचाउनु भयो र रामले पिता वचनको पालन गर्नु भयो, रावण पनि मार्नु भयो, क्षत्रीहरुको सङ्हार पनि गर्नु भयो । राम राम !

Friday, February 26, 2021

रक्तचाप

निम्न रक्ताचापका लक्षणहरु :- रिंगटा लाग्नु। झम्म भएको मसुस हुनु, बेहोस हुनु।  दृस्टी धमिलो हुँदै जानु।  थकान महसुस हुनु।  एकाग्र महसुस हुनु। 

खानामा नुनको मात्र बढाउने।  पानि बढी  मात्रामा पिउने।  डाक्टरको सल्लह अनुसार औसदी  उपचार गर्ने।  स्वस्थ आहार खाने।  भारि सामान नउठाउने।  लामो समय सम्म नउभिने। जबर्जस्ति दिसा नगर्ने। फलफूलको रस पिउने।  राति सुत्ता सिरानी अलिकति अग्लो बनाउने।  चिल्लो पिरो अमिलो नखाने।  एक कचौरा दाल, तर्काली जति खाएपनि हुन्छ।  भात थोरै खाने र तिन चार घन्टामा खाने।  एकै चोटी धेरै नखाने।  गहुँ मकै भरपुर रोटि आटो पिठो खाने बानि गरौँ। टायममा सुत्ने र टायममा उठ्ने गरे राम्रो होला। 


Wednesday, February 24, 2021

रामको भजन

रामको भजन

१. सबै कुरा प्रभु कै हात्मा हो
मेरो भन्नी यै एउटा आत्मा हो
२. धन सम्पती छोडेर जाने हो
धर्म कर्म साथैमा लाने हो
३. राम गय बनमा कुदेर
भरत बसे कठ पाउ पुजेर
४. जान्छु भने सीता र रामले
बिदा गरिन कौशल्या आमाले
५. चारै भाइको एउटै मन भएका
छाँया बनी लछुमन गयका
६. सीता बनमा गएको कारण
पतिब्रता धर्मको पालन
७. शान्ती संग बाच्नलाई घर
रामको औतार हेरेर काम गर
८. चार भाइ रैछन एउटै मन भएका
पिता वचन मान्न लाई गएका
९. छोडी गए बनमा रामले
चौध बर्ष रोइ बिताइन आमाले
हरे राम, हरे राम

बिष्णुपुराण

१. पहिलो अवतारमा बिष्णुले माछो बनेर शंखार्सु हएगृनलाई मार्नु भयो ।
२. दोश्रो औतारमा कमद कछुवा भइ सुर-असुर भिडाई समुद्र मन्थन गराउनु भयो ।
३. तृतीय अवतारमा बराह रुप लिएर दैते हिरन्याक्ष मारी पृथ्वीको उद्दार गर्नु भयो । 
४. चौथो अवतारमा निर्सिङ भएर हिरन्यकशिपु मार्नु भयो । र भक्त प्रह्लादको रक्षा गर्नु भयो ।
५. अवतारमा बामन रुप धारण गरि भक्त बलिको उद्दार गरनुभयो।
६. छैटौं अवतारमा परशुराम औतार लिएर सम्पुर्ण क्षत्रीहरुको नास गरनुभयो । 
७. सातौं अवतारमा प्रभु राम बनेर धर्म संस्कार माता पिता गुरु इश्ट मित्र भाइ बन्धु पति पत्नी छोरा छोरी दिदी बहिनी छर छिमेक आजा पुजा बोली भाषा के कसरी गर्ने सम्पुर्ण कुराहरु सिकाउनु भयो । 

रामायण मा पनि तेइनै देखायो एक्काइसौं भाग सम्म देखायो उइ जनक राजाको छोरी रामले बिवाह गर्नुभयो, रावणले सीता हरण गरो, लन्का पुर्यायो, खोज्दै खोज्दै लन्का जानुभयो रावणलाइ मार्नु भयो । सीता लाई अग्नि परिक्षण गराउनु भयो । अजुद्यामा लिएर आउनु भयो । गाउलेहरूले नराम्रो कुरा सुनाए । तेसपछी सीता जङ्गल जानू भयो । लछुमन जङ्गल सम्म पुर्याउन जानू भयो । सीता गर्बास्ले थिइन जङ्गल मै लब र कुश जन्मे । कसेप रिसिले आफ्नु कुटिमा लयर राख्नुभयो । लब र कुश ठुला भएर सीता लाई अजुधामा ल्याइ राम सँग भेट गराय । रामले अझै पर्माण खोजेको हुनाले सीता पृथ्वी मै बिलाइन । रामले बिष्णु को औतार लिय ।