Sunday, September 21, 2014

चारदिनको जिन्दगि

 प्रभु तिमि काँहा बस्छौ, का होलानि धाम,

कस्तो होला त्रि्रोरुप केहोला नि नाम ।


चारदिनको जिन्दगिमा शान्ति कैलै छैन
,

प्रभुकृप्रा नभईकन जान पाईने छैन ।

 

गोकुल खोजे, मथुरा खोज, खोजे बृन्द्रावन मा ।

जाहा गयपनि मूर्ति रैछन, साच्चै कुरा मनमा।

 

बिन्ति गर्छु नारायण कै पाउ पर्छु दुबै हाथ जोडि ।

मलाई केहि थाहा छैन शरण पर्छर्ुुरि ।   

नारायण नारायण भजप्राणि

यो जिवन मरेपछि हुन्छ खरानि ।

 

आउन पायन भगवान बन्धन तोडेर, 

दुख पायम भगवान तिमिलाई छोडेर ।

 

बाईर हेर्ने आँखा लाई छेके जालाले,

जान्न जान्न भन्दापनि लान्छ काल ले,

कैलै फुर्सद भयन प्रभु हामलाई कामले,

यस्तो जिवन किन दियउ हामलाई रामले  ।।

 

संसारका  काम छोडि तिम्रै भजन गरे,

तिम्रो दर्शन पाउला भनि गोकुलधाम झरे । 

चारैधाम घुम्दा पनि कृष्ण भेटियनन्,

गंगाजल पिउदा पनि तिर्खा मेटियन ।

 

सत्यमा त बिष्णु थियौ त्रेता जुग रामर्,

र् दपण कृष्ण बाला कंश मार्ने काम ।

कैले बनेउ कृष्ण कैले बनेउ राम ।

 

कुमालेको चर्क जस्तै रैछ जिन्दगानि ,

नाग्यै आयउ नाग्यै जान्छौ केहि छैन लानि।

 

सबै छोडि जाने रैछौ कमायको धन,

तेरो मेरो नभनेर शान्ति राखौ मन ।

 

राम जपने कबुल गरि संसार मा आयौ,

भगवान लाई नबुजेर र्सिस्टिमा लायौ।

सुख दुख भाग्नु रैछ संसार को खेल,

राम कै नाम जपम सबले अब बचुन जेल।।