Sunday, September 20, 2020

कोरोना कविता (Corona Kabita)

१. भूकम्पको क्षतिपूर्ति  अझै हुँदै थियो 

विदेशबाट कोरोनाको हल्ला आई दियो ।


२. विश्वभरी कति मरे कति क्वारेन्टाइन 

इश्वरको वरदानले हामी बच्न पाएम ।


३. नेपाल आमा मातृभूमि बचाऊ नेपालीलाई 

तिम्रो सेवा गर्छौं हामी शरणमा आई ।


४.  सरकारबाट हल्ला आयो बसौं घरै भित्र 

सारै डर लाग्दो रैछ कोरोनाको चित्र ।


५. मान्छेबाट मात्रै हैन पैसाबाट पनि सर्ने 

नयाँ रोग हो उपचार छैन तड्पिएर मर्ने।  


६. छोरा छोरी काँ'छन् काँ'छन् आफू  घरै भित्र 

बाहिर निस्कियो भेट्नु छैन कोहि इष्टमित्र ।


७. लकडाउनको पालन गरी बसौं सबै घर 

नेपालमै आइसक्यो लाग्न थाल्यो डर ।


८. सधैं यस्तो नहोला नि कैले सम्म हुन्छ 

लाखौँ लाख मरे भन्दा मन कति रुन्छ ।


 ९. बालवृद्धहरुलाई सर्छ भन्छन पहिला 

पुरुष भन्दा कमजोर हुन्छन धेरै जसो महिला ।


१०. सुन्नुहोला दिदीबहिनी सुन्नु दाजुभाई 

आफू पनि बच्न सिकौँ बचाउँ अरुलाई ।


११. बाहिर कतै खोज्नु छैन आफू भित्रै शिव 

शिव खुसि पार्न सके सुखी हुन्छन जीव ।


१२. मरी जाँदा लगी जाने छैन रैछ केहि 

हाँसीखुसी बाँच्न सके राम्रो होला त्यहि ।


१३. नारायणले लगाइदिनु कोरोनाको पार 

यति भन्दै बिदा हुन्छु सबलाई नमस्कार ।।


हजुरहरुकै  आफ्नै 

शोभा सापकोटा