Tuesday, November 17, 2020

टोलको कविता

१. परमानन्द सरस्वती टोलको नाम हाम्रो
सबै जना मिलिजुली काम गरौं राम्रो 

२. बाहिरको फोहोर ट्र्याक्टर आइ लान्छ उठायर
किचनको फोहोर मल बनाउ सबै जुटाएर 

३. आफ्ना आफ्ना घर आँगन आफैं सफा राखौं 
बाटा भित्र पनि गरौं, बोट्बिरुवा सारौं

४. हाम्रो टोललाई चिनेका छन् गुरुजिका नामले
तेहि नामको इज्जत राखी काम गरौं हामीले

५. हजुरहरुलाइ बिन्ती गर्छु दुबै हात जोडि
सबै मिलि राम्रो बनाउ बिकाशको डोरि

६. पहिला थियो यहि बाटोमा गैंडा बस्ने झाडी 
अहिले हिड्छन यहि बाटोमा ठुलाठुला गाडी

७. मरिजाँदा लगिजाने हैनरैछ केही
भुमिदान गर्न सके लैजाने हो त्यही 

८. टोलको भवन बनाउन दिए भुमिदान
परिवारकै फोटो राखी लेखिनेछ नाम 

९. आफू मरि गयेपछी रमांँउछन अरु
पुस्तौंपुस्ता नाम आउला दान दिए बरु

१०. आज सम्म जे जस्तो भोग्दै आएंँ सब
दिदी बहिनी सबै संग बिदा माग्छु अब

११. यही सन्देश दिएकि छु मैले बारम्बार 
यति भन्दै बिदा हुन्छु सबलाई नमस्कार 

शोभा सापकोटा 
महिला अध्यक्ष 
परमानन्द सरस्वती टोल
शरद्पुर, चितवन