Thursday, October 17, 2019

हाम्रो सुन्दर फूलबारी (Hamro Sundar Fulwari)

१)       २३ थरी मात्र फूल रोपेका छौं हालमा
सबै फूल सप्रेका छन् आफ्ना आफ्ना तालमा ।

२)       धेरै रंगका फूलहरु फुली सकेका छन्
बाँकी फूलहरु कोपिला मै झुलिसकेका छन् ।

३)       फूलहरुको मग-मग बासना छ मिठो

हुर्किदै छन् विरुवा त फक्रिदै छिटो छिटो ।

 

४)       झल्की रहोस सदा हाम्रो सुन्दर फुलबारी

नओइलाओस् कुनै बोट मल जल पारी ।

 

५)       विरुवामा कुनै रोग नलागोस है कहिलै

यहि कामना इश्वर संग जपी रहन्छु मैले

६)       वासना छर्न सके कोशिस गराऊ सबलाई

दुर्गन्धले छोयो भने पिर पर्छ मलाई ।

७)       साग पात तरकारी त राम्रो मुलावारी

बासना दार फूल फुलुन हाम्रो सुन्दर फुलबारी ।

८)       रंगी चंगी फूलहरु उस्तै कोपिला नी

हरियाली रम झम देख्न राम्रै त होलानी ।

 

९)       फक्रिदै छन् दशओटा बासनादार फूल

मलजल गोडमेल गर्नु छ है कसैले नी नभुल ।

 

१०)   गर्न केहि सकिदैन माया बराबर

बुढेस काल लागी सक्यो सम्झ्यो चराचर ।

 

-    राजेन्द्र प्र. सापकोटा


बुढो घर

पाँचैजना दाजुभाई मिलिजुली राम लक्ष्मण जस्ता भए
दशैँ तिहार चाडपर्व मान्न सधै यही आए ।

पाँचै जना बुहारी हौ सरस्वतीको रुप

चाडबाडमा जम्माहुन नमान है दुख ।


जन्म दिन शनिबार पालैपालो खाए

दशैँ तीहार आयो भने बुढो घरमा आए ।


नातीहाम्रा आशुतोषले यति कुरा जाने

सात दाजुभाई तीन बहिनि छौं भन्ने मनमा ठाने ।

साना भाईहरु सबले आशुतोषलाइ माने ।


तिन्टा नानी संगै राखी भनेकी छु मैले
बाबाहरुले जस्तै बहिनि खोज्न नपारहै कहिले ।


यति कुरा भन्न मन लाग्यो मलाई आज

मनको कुरा राखेकी छु सन्तानको माझ ।


जीवन भरका दुखहरु सपनाभई गए

बुडेसकालको आशा राक्छु यो ज्यान अलि बर्ष रहे ।

मनका कुरा राखें मैले पनि आज

यहि भन्दै बिदाहुन्छु सबलाई धन्यवाद ।


-    शोभा सापकोटा