Thursday, October 17, 2019

बुढो घर

पाँचैजना दाजुभाई मिलिजुली राम लक्ष्मण जस्ता भए
दशैँ तिहार चाडपर्व मान्न सधै यही आए ।

पाँचै जना बुहारी हौ सरस्वतीको रुप

चाडबाडमा जम्माहुन नमान है दुख ।


जन्म दिन शनिबार पालैपालो खाए

दशैँ तीहार आयो भने बुढो घरमा आए ।


नातीहाम्रा आशुतोषले यति कुरा जाने

सात दाजुभाई तीन बहिनि छौं भन्ने मनमा ठाने ।

साना भाईहरु सबले आशुतोषलाइ माने ।


तिन्टा नानी संगै राखी भनेकी छु मैले
बाबाहरुले जस्तै बहिनि खोज्न नपारहै कहिले ।


यति कुरा भन्न मन लाग्यो मलाई आज

मनको कुरा राखेकी छु सन्तानको माझ ।


जीवन भरका दुखहरु सपनाभई गए

बुडेसकालको आशा राक्छु यो ज्यान अलि बर्ष रहे ।

मनका कुरा राखें मैले पनि आज

यहि भन्दै बिदाहुन्छु सबलाई धन्यवाद ।


-    शोभा सापकोटा

No comments:

Post a Comment