Friday, February 26, 2021

रक्तचाप

निम्न रक्ताचापका लक्षणहरु :- रिंगटा लाग्नु। झम्म भएको मसुस हुनु, बेहोस हुनु।  दृस्टी धमिलो हुँदै जानु।  थकान महसुस हुनु।  एकाग्र महसुस हुनु। 

खानामा नुनको मात्र बढाउने।  पानि बढी  मात्रामा पिउने।  डाक्टरको सल्लह अनुसार औसदी  उपचार गर्ने।  स्वस्थ आहार खाने।  भारि सामान नउठाउने।  लामो समय सम्म नउभिने। जबर्जस्ति दिसा नगर्ने। फलफूलको रस पिउने।  राति सुत्ता सिरानी अलिकति अग्लो बनाउने।  चिल्लो पिरो अमिलो नखाने।  एक कचौरा दाल, तर्काली जति खाएपनि हुन्छ।  भात थोरै खाने र तिन चार घन्टामा खाने।  एकै चोटी धेरै नखाने।  गहुँ मकै भरपुर रोटि आटो पिठो खाने बानि गरौँ। टायममा सुत्ने र टायममा उठ्ने गरे राम्रो होला। 


Wednesday, February 24, 2021

रामको भजन

रामको भजन

१. सबै कुरा प्रभु कै हात्मा हो
मेरो भन्नी यै एउटा आत्मा हो
२. धन सम्पती छोडेर जाने हो
धर्म कर्म साथैमा लाने हो
३. राम गय बनमा कुदेर
भरत बसे कठ पाउ पुजेर
४. जान्छु भने सीता र रामले
बिदा गरिन कौशल्या आमाले
५. चारै भाइको एउटै मन भएका
छाँया बनी लछुमन गयका
६. सीता बनमा गएको कारण
पतिब्रता धर्मको पालन
७. शान्ती संग बाच्नलाई घर
रामको औतार हेरेर काम गर
८. चार भाइ रैछन एउटै मन भएका
पिता वचन मान्न लाई गएका
९. छोडी गए बनमा रामले
चौध बर्ष रोइ बिताइन आमाले
हरे राम, हरे राम

बिष्णुपुराण

१. पहिलो अवतारमा बिष्णुले माछो बनेर शंखार्सु हएगृनलाई मार्नु भयो ।
२. दोश्रो औतारमा कमद कछुवा भइ सुर-असुर भिडाई समुद्र मन्थन गराउनु भयो ।
३. तृतीय अवतारमा बराह रुप लिएर दैते हिरन्याक्ष मारी पृथ्वीको उद्दार गर्नु भयो । 
४. चौथो अवतारमा निर्सिङ भएर हिरन्यकशिपु मार्नु भयो । र भक्त प्रह्लादको रक्षा गर्नु भयो ।
५. अवतारमा बामन रुप धारण गरि भक्त बलिको उद्दार गरनुभयो।
६. छैटौं अवतारमा परशुराम औतार लिएर सम्पुर्ण क्षत्रीहरुको नास गरनुभयो । 
७. सातौं अवतारमा प्रभु राम बनेर धर्म संस्कार माता पिता गुरु इश्ट मित्र भाइ बन्धु पति पत्नी छोरा छोरी दिदी बहिनी छर छिमेक आजा पुजा बोली भाषा के कसरी गर्ने सम्पुर्ण कुराहरु सिकाउनु भयो । 

रामायण मा पनि तेइनै देखायो एक्काइसौं भाग सम्म देखायो उइ जनक राजाको छोरी रामले बिवाह गर्नुभयो, रावणले सीता हरण गरो, लन्का पुर्यायो, खोज्दै खोज्दै लन्का जानुभयो रावणलाइ मार्नु भयो । सीता लाई अग्नि परिक्षण गराउनु भयो । अजुद्यामा लिएर आउनु भयो । गाउलेहरूले नराम्रो कुरा सुनाए । तेसपछी सीता जङ्गल जानू भयो । लछुमन जङ्गल सम्म पुर्याउन जानू भयो । सीता गर्बास्ले थिइन जङ्गल मै लब र कुश जन्मे । कसेप रिसिले आफ्नु कुटिमा लयर राख्नुभयो । लब र कुश ठुला भएर सीता लाई अजुधामा ल्याइ राम सँग भेट गराय । रामले अझै पर्माण खोजेको हुनाले सीता पृथ्वी मै बिलाइन । रामले बिष्णु को औतार लिय ।

मदुमेह

मधुमेह बाट साबधान हुनुहोस मदुमेह तथा चिनी रोगले शरिरको विभिन्न अंगहरुमा ठुला रोगहरु निम्त्याउन सक्छ । आँखा, मुटु, मृगौला, नसा तथा खुट्टा दुख्ने र मस्तिष्कको पनि हानी पुर्यौउछ । 

यसका लक्षणहरु शरीर सिथिल हुनु, छट्पटी हुनु, रिंगटा लाग्नु, शरीर थाक्नु, मुटुको ढुक्ढुकी बढ्नु, बेहोस होला जस्तो हुनु, बान्ता हुन खोज्नु, अचानक चिटचिट पसिना आउनु, धेरै भोक लाग्नु, शरीर पहेँलो देखिनु, कुनै पनि कुरामा ध्यान नजानु, मुख ओरिपरी झमझमाउनु आदि ।

खानेकुरा नखानेकुरा - फलफूल प्रसस्त खाने । सागहरु प्रसस्त खाने । खाना थोरै खाने । टायम्मा खाने टायम्मा सुत्ने । भात थोरै खाने । चिनी राखेको चिज नखाने । आलु नखाने । टायम्मा सुत्ने टायम्मा उठ्ने । अनिदो नबस्ने ।