Wednesday, February 24, 2021

रामको भजन

रामको भजन

१. सबै कुरा प्रभु कै हात्मा हो
मेरो भन्नी यै एउटा आत्मा हो
२. धन सम्पती छोडेर जाने हो
धर्म कर्म साथैमा लाने हो
३. राम गय बनमा कुदेर
भरत बसे कठ पाउ पुजेर
४. जान्छु भने सीता र रामले
बिदा गरिन कौशल्या आमाले
५. चारै भाइको एउटै मन भएका
छाँया बनी लछुमन गयका
६. सीता बनमा गएको कारण
पतिब्रता धर्मको पालन
७. शान्ती संग बाच्नलाई घर
रामको औतार हेरेर काम गर
८. चार भाइ रैछन एउटै मन भएका
पिता वचन मान्न लाई गएका
९. छोडी गए बनमा रामले
चौध बर्ष रोइ बिताइन आमाले
हरे राम, हरे राम

No comments:

Post a Comment