Friday, August 6, 2021

महाभारत कथा

महाभारत कथा


परासर रिसिका र मक्षगन्धाका छोरा ब्यास रहेछन । मक्षगन्धाले डुङ्गा चलाउथिन रिसिलाई डुङ्गा तारी पारी लादा बिचैमा कुइरो उत्पन्न गरि ब्यासको जन्म भएको रहेछ । मक्षगन्धालाई पनि तिनै रिसिले अब आज देखि तिम्रो नाउ सत्तेवती भनेर नाउराखेका रहेछन ।

भिस्मपितामह 

भीष्म पितामह भनेका गङ्गाका छोरा गङ्गाबाट निस्केकिलाइ श्रीमती बनाइ सान्तनु राजाले गङ्गामै आठ छोरा पाय गङ्गाले मैले जे गरेपनी केइ बोल्न पाउने छैनौ भनेर वाचा गरेकी थिइन र आठ छोरा पायमा सातवटा  गङ्गामै बगाइन यौटालाइ समय आयपछी दिन्छु भनी राखेकी थिइन । हुर्काइ बडाइ सिक्षा दीक्षा दियर बाउको जिम्मा लगाइन । भीष्म पितामह भनेका तिनै रहेछन । 

सत्तेबती भनेकी खेटककी छोरी रहिछन । उन्ले पनि डुङ्गा चलाउनी रहिछन । सन्तनु राजा घोडा चडेर ठूलो सागरमा पुगे तेहा पुग्दा सागरको छेउमा बसेकी सत्तेबतीलाई देखे । नजिकै गयर भने तिमी संग म बिबाह गर्छु । सत्तेबतिले भनिन मेरो बाबा सङ्ग भन्नू पर्छ भन्दा हिन भनी घर्मै गयर खेटकलाइ सोधे । खेटक्ले भने छोरी दिन्छु तर मेरै छोरिको जेठो छोरो राजा हुन पाउनु पर्छ भने अनि राजा मुर्मुरिदै घर आय । मर्नु न बाच्नु जस्ता भय । छोराले बाउको चाला देखेर अचम्म भय सारथि सङ्ग बुज्न जांदा सबै कुरा थाहा भयो र छोराले सत्तेबती लियर आइ बाउको जिम्मा लाय आफुले भने मैले बिभा पनि गर्दिन म राजा पनि हुन्न भनी प्रतिज्ञा गरेका रहेछ्न। र राजाले हस्तिनापुर तेरो जिम्मा भनेर राजा मरे । तेस्तो भयर भिस्मपितामह भनेका रहेछ्न।

पाँच पान्डप

ब्यासजिका तिनोटी सिर्मती थिय । जेठिका छोरा धिर्तरास्ट्र माइलिका छोरा पान्डु कान्छिका छोरा बिदुर रहेछन । जेठा अन्दा हुनाले र कान्छा दासी पुत्र हुनाले माइला पान्डुलाइ राजा बनायका रहेछन । पान्डुले पैला कुन्ती बिबाहा गरे तेस्पछी मातृकालाइ पनि बिबाह गरे पछि दाजु धिर्तरास्ट्रलाइ म आउने सम्म तिमी राजा भयर बस भनी आफू र दुइटी सिरमती लियर घुम्न गय । जाँदा यौटा रिसिको आसरम मा बस्तथे कथाहरु सुन्थे । दैब सन्जोक उनै रिसिले सराप दिय छोराछोरी हुने छैनन् भनी सराप दिय पछि कुन्ती शीत भने यस्तो सराप परो अब कसो गरुँ भन्दा कुन्तिले भनिन मैले रिसिको बरदान पायकी छु भनिन । धर्मराज लाई सम्जिन युदिस्टिर दिये, बायुलाइ सम्झिन भिम दिये, इन्द्रलाइ सम्जिन अर्जुन दिय मातृकाका दुई छोरा शीत पाँच पान्डप भयेका रहेछन । 

महिलाहरु कुरा मन्मा राख्न नसकुन

कुन्तिले रिसिलाइ खुसी पारेर पायेको बरदान लाई निश्चय गर्छु भनी यकान्तामा गयर सुर्जेलाइ नमस्कार गरि सम्जिन सुर्जे तुरुन्तै आयर मलाइ किन बोलायौ भनी म आयपछी केही न केही दियर जान पर्ने  हुन्छ भनी पुत्र दियेर गय । बिवाह नगरी जन्मेका पुत्र भनी यौटा कार्टुन मा राखेर गंगामा लागि बगाइन । एकजना कसैले निकाली पालन पोसाण गरि सिक्षा दीक्षा दियेर अङ्ग देसको राज्जे गरेको हुनाले अङगराज करण भन्थे । कर्णलाइ आमा कुन्ती हुन भन्ने थाहा थियन अरु पान्डब हरुलाइ पनि हाम्रो दाजु हो भन्ने थाहा थियेन । लडाइँ सुरु भयो सबै मरिसके कर्ण पनि मरो कुन्ती गयेर मरेको लासलाइ झम्टेर रुन थालिन पन्च पान्डप छक्क परे । बल्ल कृष्णले तिम्रै दाजु हो भनी दिय तेसैबेला युदिस्टिरले सराप दिय महिलाहरु कुरा मन्मा राख्न नसकुन भनेका रहेछन । 

दुरोपति

दुरोपती भनेकी हुमन कुन्डको ज्वालाबाट निस्केकी रइछन । पन्च पान्डब्ले भिच्च्या मागी आयेम भन्दा नहेरी कुन्तिले पाँचै भाइले बाडेर खाउ भनेकी हुनाले दुरोपती पाँच पान्डबकी सिर्मती बनेकी रहिछन । सोयम्बर्को कारेक्रममा धनु उठाउन नसकेर माला लाउन नपायेको हुँदा दुरोधन र कर्ण रिसायर दुरोपतिको सारी दुस्सासनले तानेर बिजेत गर्न खोजेको रहेछ । दुरोपतिले दुरोधन पानीमा खस्ता अन्दाको छोरो अन्दै हुँदोरहेछ भनेकी हुनाले पनि दुरोधन रिसायेको रहेछ । दुस्सासनले सारी तान्दा पाँच पान्डब जुआमा हारेको हुनाले सिर नुगायेर बसे सभामा बसेका पनि कोहि बोलेनन् । तेहादेखी दुरोपतिले केस फुकाएर राखेकी हुन् । आफ्नु तेत्रो बिजत हुँदा कसैले नहेरेको हुँदा आँखा छोपेर हे कृष्ण! भनी बोलाइन । कृष्णले रक्षा गरे । यो सन्सारमा कृष्ण जस्तो ठूलो कोहि छैन । 

लडाइँ

अर्जुनले एउटा कृष्ण लाई रोजे दुरोधनले अरुसेना रोजे । लडाइँमा कौरब जतिले हारे । धिर्तरस्टका सय भाइ मरिसके । तेस्पछी गान्धारिले यइ कृष्णको खेल हो भन्ने जानेर घर्मा बोलाइ र हे कृष्ण तिम्रै खेलाले मेरा सय भाइ मारिय अब तिमी लाई म सराप दिन्छु सुन भनी सराप दियर भनिन हे कृष्ण तिम्रा यदुबौसिहरु सबै नास हुन् र तिमी मात्र यक् बाँचे भनेर सराप दियकी हुनाले कृष्ण एक मात्र बाँचेका रहेछन् । कृष्णले हरपल साथ दियेको र सारथि भयर हिडेको हुनाले भिमले दुरोधन र दुसासन लाई मार्न सकेका रहेछन् । सारथि बनेर बाणको टुप्पा मुनि सुदर्शन चक्र पठायर सबै सेनाहरु मारेका रहेछन् । हस्तिनापुर जिम्म लगाउन भनी भीष्म पितामह बाँणको सैयामा सुतेर बहेका रहेछन् । इक्षा मरण भयको हुनाले जिम्मा लगायर मर्छन । उनी सोजै कृष्ण मा लिन भयर जान्छन् । 

सिखन्डी 

कासी नरेस्की छोरी अम्बाले भीष्म पितामह सित बिबाह गर्छु भनेकी भीष्म पितामहले म बिबाह गर्दिन बिबाह नगर्ने प्रतिज्ञा गरेको छु भन्दा रिसायर सिखन्डी बनेर लडाइमा लड्न गइ । भीष्म पितामहले महिला लाई नहान्ने प्रतिज्ञा गरेका हुनाले सिखन्डिले हान्नी भीष्म पितामह थापियर बस्नी गरे । भीष्म पितामह इक्षा मरण भएको हुनाले उनी जति हाने पनि मरेनन् बाणैबाणको सैयामा सुति राखे । सिखन्डी र अरु सबै सेना मरि सके । कुल गुरु लाई भने कसैले हानेनन् । युदिस्टिरले असोस्थामा हट हट भनेपछी दोणाचार्य लाई मारे । असोस्थामा निदार मणि भयेको हुनाले सारै फुर्ती गरेको थियो । कृष्णले झपार्दा मणि पनी झिकी दियो । आफू पनि कृष्णको सरापले जाँहाजाँहा मान्छेको लास छ तेहि जाने र तेहि खाने गरेर बस्न थाल्यो । 

सोर सय गोपिनी

राक्षस नरकासुर र छोरी मौरबी मिलेर सबै उडा बासिका कन्या जति सबै आफ्नु काराघारमा लादै थुन्दै गरेर सोर सय पुरायको रहेछ । कृष्ण लाई थाहा भयो र राधा लाई लियर गय । अनि अनेक गरेर राक्षस र मौरबिलाइ मारे अनि कृष्ण ले भने आफ्ना आफ्ना घर जाओ भन्दा कन्याहरुले भने अरुले अपहरण गरेर ल्यायका छोरी कसैले घर्मा लगेर रख्दैनन् गाउँले हरु पनि धेरै कुर काट्छन । कृष्ण हाम्लाइ पार लगाउ हामी कहि नगयर तिमी संगै जन्छौँ हामिलाइ छोडेर नजाउ भनेपछी कृष्ण ले भने तेसो हो भने तिमिहरु जाँहा छौ तेहि बस मलाइ पति मान मैले बेला बेलामा आइ भेट्ने छु भनी राधा कृष्ण आफ्ना ठाउँमा गय । तेइ भयर कृष्ण का सोर सय गोपिनी भनेका रहेछन् । 

घटोत्कच र ब्रबरिक 

पन्च पान्डब बनबास गयको बेलामा राक्षस्नि हेरंबा शीत बिबाहा गरेका थिय । हेरंबाले घटोत्कच भन्ने छोरो पाइन । भिमले मैले बिबाह गरे पनि हस्तिनापुर राजदरबारमा जान पाउने छैनौ भनी बाचा गरायका थिय। तेसैले उ सधै जङ्गल मा बसेर राज खान्दान को पालना गरेकी थिइन् । छोराको बिबाह गर्ने बेला आयो कृष्णले बराउनी गरे । मौरबी ले मैले प्रस्न सोधेको उत्तर दिन सक्ने र मसङ्ग लडेर जित्न सक्ने शीत बिबाह गर्छु भनेकी थिइन् । घटोत्कचले प्रस्न मा पनि जिते र लडेर पनि जिते र बिबाहा गरे । अनि ब्रबरिक भन्ने छोरो पाय । ब्रबरिकले कृष्णलाई गुरु बनायो र सिक्षा दीक्षा पायो । देबि दुर्गा लछ्मिको तपस्या गरो । सिबजिको पनि तपस्या गरेर बिस्सोमा कसैले जित्न नसक्ने वर पनि पायो । धोस्त पार्ने साधन हरु पनि पायो । उसलाई कसैले मार्न नसक्नी भयो । 

ब्रबरिकलाइ वर दिने सबैले कमजोर शीत लडेस् भनेका थिय । तेसो हुँदा कृष्ण र अर्जुन लाई पिर परो । सोचेर सल्लाह गरे अब कुनै देउतालाइ टाउको काटेर भोग दिन परो अरुले दियेर भयन । कृष्ण ले जाल् गरेर कि मैले कि त अर्जुनले दिन पर्ने भयो भन्दा हजुर गुरु हुनु भयो अर्जुन ताश्री हुनु भयो मैले नै भोग दिन परो भन्दा कृष्णले देउता तिर फर्केर आँखा तनक्क तानेर ठूलो सास्फेरे अनि ब्रबरिकले आफ्नो सिर काटेर कृष्ण लाई दिय अनि भने अरु त केही थिएन लडाइमा को को मर्छन हेर्ने धोको थियो भने । अनि कृष्णले रुखको टुप्पोमा लयर टाउको राखी दिय अनि लडाइ सुरु भयो । लडाइ सकेर को को ले के के गरे ब्रबरिक भन्दा मैले त अरु केही देखिन जहाँ जति मरे कृष्णकै हात बाट मरे भन्दियो । अरु सबै हिस्स परेर गय । कृष्ण मलाइ मुक्ति दिनुहोस हजुर्को असली रुप हेरेर मर्छु भनी कृष्ण मानै लिन भयर गय । 

सिसुपाल 

कृष्ण कान्छी फुपुको छोरा सिसुपाल जन्मदा मा पनि यउटा आँखो भयेको थियो । जस्को काखमा आखो भन्छ उसैको हात बाट मर्छ भनेका थिय । यकदिन कृष्ण फुपुका घर गयर सिशुपाल लाई समाय आँखो कृष्णको काखमा भयो । सबैलाइ कृष्णको हातबाट मर्छ भन्ने थाहा थियो । यकदिन राजाको ठूलो सभामा कृष्ण सिशुपाल दुरोपदी सबै तेहि थिय सिशुपालले कृष्ण लाई गाली गर्न थाल्यो कृष्णले सय गाली सम्म सहे । सय काटे पछि अति भयो र सुदर्शन चक्र छाडी मारी दिय । चक्र पठायको उम्ठोमा रगत आयको थियो । दुरोपदिले आफ्नो सारी च्यातेर उम्ठो बाधेकी हुनाले कृष्णले मैले अप्ठेरो परेमा धागाको मूल्य चुकाउनेछु भनेको भयर दुरोपदी लाई कृष्ण हरपल साथ दिदै आयका रहेछन र दुरोपदिको इजत बचाइ दियका रहेछन कृष्णले । 

सत्ते र असत्तेको फल

कौरब जति सबै मरे । पन्च पान्डबले हस्तिनापुर जितेर युदिस्टिर राजा भय दुरोपदी रानी भइन । युदिस्टिर राजाले अर्जुन लाई रक्षामन्त्री बनाय भिम लाई प्रधानमन्त्री बनाय । नकुल लाई र सहदेब लाई आफ्ना रक्षक बनाय । कुन्ती पनि महारानी भइन । बिदुरको पनि इक्षा पूरा भयो । भिस्मपितामह पनि हस्तिनापुर जिम्मा लायर इक्षा मरण भयो । सान्तनु राजाले भनेको कुरा पनि पूरा भयो । गंगाको इक्षा पनि पूरा भयो । अन्दाले र गान्धारी सय भाइ छोरा मरेर टाउकोमा हात राखी दिन गुजारा गरेर बसे । भय पाप र पुन्नेको सत्ते र असत्तेको फल सबैले बुझे । महाभारत कथा सबैले हेरे र बुझे ।