२०७८ साल असार १७ गते - 2078/03/17
मैले एक कक्षा पढ्दा कण्ठ पारेको पाठ हो। ऐले पैसट्ठी पार गर्दा याद आएर लेखेकी हुम्। बाबा हरुले पड्ने बेलामा यस्तै चलन थियो। बाबु नानि हरु सबैलाई सुनाउ दिय। झ्याउ नमानी पढ्न भनि दिय। पैसठी बर्स पुगो छैसट्ठी लायकी आमाको सम्झना कम्पुर्टमा राखेर हेरे है। सबैकी आमा सोभा सापकोटा।
घामलाई उछिनेर उठ मेरो बाबु
दिसाजाउ सुची भउ दतिउन लाउ।
नुआएर चोखो लुगा फेर सिबभज
बाबा आम दिदि दाजु सबैलाई ढोग।
एकछिन पाठपढी भात खान आऊ
भात खाई लुगालाई पाठसाला जाऊ।
गुरुलाई खुसि पार पाठ लेखी घोकी
साथि सँग मिलिजुली घर आऊ काजि।
बटुकीमा दुध भात छोपी राखी दिउला
हात धोई मेरो बाबु खुपू खुपू खाउला।
यकछिन खेल डुल साथी संग जाऊ
घामउता डुबे तिमी छिटो घर आऊ।
बबलाई घाँस हाल निनिलाई बाँध
हात गोडा धोई आऊ खाउ दुध भात।
यकछिन पाठ पढी ओछ्यानमा आऊ
सिबभज मेरो काखा आऊ गर जिउ।
- सोभा सापकोटा।
No comments:
Post a Comment