Friday, February 27, 2015

आमा हुन प्रकृति सम्मान

आमा कस्तो नाता हो आमा

दसमैना कोखमा राखनी पनि आमा

दुध पिलाउने पनि आमा

भात खुवाउने पनि आमा

मालिस गर्ने पनि आमा

काखमा राखने पनि आमा

बोकेर डुलाउने पनि आमा

दिसा पिसाब धुने पनि आमा

दुख पायमा रुने पनि आमा

दुखमा साथ दिने पनि आमा

सन्तानको लागि ज्यानै दिन सक्ने आमा

दुख पाय भने रुदै हिड्नी पनि आमा

खुसि दिने पनि आमा

माया दिने पनि आमा

शान्ति दिने पनि आमा

सहयोग गर्ने पनि आमा

आफुमरेर भयपनि बचाउने आमा

आफुरोयर पनि हसाउने आमा

दुखसुख जुन बेला पनि साथ दिने आमा

भोक लायपनि आमा

निन्द्रा लायपनि आमा

तीर्ख लायपनि आमा

जाडो भयपनि आमा

गर्मि भयपनि आमा

कस्तो हो यो माया गर्ने आमा

No comments:

Post a Comment