Thursday, February 26, 2015

चन्द्रगुरु को परिचय

 चन्द्रगुरु को घर हाम्रो घरकै ठाउमै थियो चन्द्गुरु का बुवा आमा बैस्नब हुनुन्थ्यो उहालाइ देख्दा मेरो बुवाआमा देखे जस्तै लागथ्यो म पनि बैस्नब खानदान मा हर्ुकेकी  उहाले सदै छोरी लाइ जस्तै माया गनुन्थ्यो मलाइ पनि उस्तै माया लाग्थ्यो  चन्द्गरु लाइर उहाका भाइहरु लाइ भाइ भनेर बालाउथे छोराहरु का पनि सगैका हुनाले साथि जस्तै हुनुन्छ अइले टिकाराम गुरु संगै हिड्नु भयर उहापनि हामिलाइ मन्तर ले प्रबचन् गर्ने सक्ने गुरु हुनु  भयो सारै खुसि लायको छ लक्ष्मीनारायण ले उहालाइ रक्षा गर्नु हुनेछ भन्दै नमस्कार गर्छर्ुु

मेरो बारेमा छोटकरीमा 

मेरो १६ बर्षकी हुदा विवाह भयको हो । माइतमा हजुरबुवा हजुरआमा बुवा कान्छा बुवा २ जना आमा २ जना फुपुहरु र ४ जना हामि दीदी बइनी १ दाजु र २ जना भाइ थीयम । कान्छा बुआका ४ जना छोरी र ३ जना छोरा थीय  । हजुरबुवा  हजुरआमा म सानै छदा बित्नु भयो कान्छा बुवा र कान्छि आमा भैरवा जानुभयो स्यानि आमा र २ जना दाइ भाइ पनि भैरवा जानुभयो दिदि हरु विवाह भयर घर गयका थिय । तेसपछि घरमा आमा म भाइ र बइनी मात्र थियम बुवा पनि उतै हुनुन्थ्यो । नाइली बाइ बडा गुरुको सम्झना आयो श्री गणेशाय नम श्री विष्णु बे नम श्री सरस्वति नम श्री लक्ष्मी देब बे नम श्री राम भानुजाय नम श्री सालिगा्रम गुरु चरणरोभ्य नम ।

म सानि छदा हजुरबुवा र फुपु हरु दुआदसि मा उहा भयका सबैलाइ भोजन गराउन जानुन्थ्यो उहा हरु संग मपनि जान्थ्ये जादा खेरी बडा गुरु बसेको कुटिमा गयर तिर्थ लियर मात्र यताउता गर्थे पकाको प्रसाद हातमा थापि खान्थे गुरुले सारै माया गर्नुहुन्थ्यो मैले जोतिकाट्ने बोहोला लगाउने काम गर्थे दुआदसि आउदा सदै चमल पिठो ध्यु लियर जानथे आज गुरुको अनुहार र्सर्ुयको जोति जस्तै अनुहार मनमा लाइरहोस म मुनिका भाइ र बैनि सानै थिय त्यापनि जेजस्ता सुखदुख आइ परे पनि आफै अगाडि सरेर गर्नै पथ्र्यो घरमा सबै काम सकेर स्कुल जान्थ्ो स्कुल बाट आयपछि पनि सबै काम गर्न पथ्र्यो होर्मक दियको सबै खेल्न गयको बेलामा बसेर स्कुल मैगरेर आउनेगर्थे तेस्तै गरेर त्यापनि ५कक्षा मा पढथे ५कक्षा भन्दा त्या स्कुल मा पढाइ थियन बाइर गयर पढन्ने पनि तेति चलन थियन तेसै समयमा बुवा काठमांडौ बसेर पढनुन्थ्यो  तेहा बाट केटि हर्ेर्ने भनेर आउनु भयो तेसपछि विवाह भयो अनि घर आइयो जता जे जे भयो भयो सबै छोडियो ।

बुहारी हरु पनि भगवान लाई मानेर संसार को सृष्टि जानेका छौ बुहारी भनेको घर का लक्ष्मि हौ बुहारी लक्षीन कि भइनभनर्ेर् इस्टमित्र लाइपनि राम्रो हुदैन सम्पति को पनि रक्षा हुदैन छोरालाइ पनि सुख र शान्ति हुदैन तेसैलर्ेर् इष्टमित्र आयमा खुसि हुनु र हामिहरु लाइपनि अब कति बाचन्जेल मन दुखन्ने काम न गरे यति गरे भने तिमिहरु लाइ सदार्सबदा भगवान ले रक्षा गरने छन् र हामि पनि आशिक दिने छौ छोरा छोरी ले पनि सुख दिने छन्  धर्म को बाटो यइ हो  कति गरेपछि भक्ति भनेको यइ हो ।

घर आउदा पनि हजुरबुवा काठमांडौ हुनुन्थ्यो बुवा पनि उतै बसेर पढनुहुन्थ्यो लक्ष्मी फुपु विवाह गरेर घर जानु भयको थियो । सुरेन्द्र अंकलअर्जुन अकंल, गिता ,रिता,सिता फुपु हुनुन्थ्यो बुवा ले छोडेर पढन जानु भयो । तेसपछि जिजुबुवा र जिजुआमा बनुह हुनुन्थ्यो तेहि आउनु भयो रपल्लो घरमा बस्नु भयो । यउटा घर मा ७ र अर्को २ जना बस्नु भयो त्योबेला त राणा को शासन जस्तै शासन थियो । सकेपनि न सकेपनि भनेको कुरा गर्न पथ्र्यो बिरामि भयर  खुटटा ले नटेक्दा पनि बोकेर लगेर भैसि दुन पथ्र्यो ।

बुवा ले घर मा हुदा राम्रो संग पुजा गरेको देखेकै छौ म छोरा हरु सबैलाइ भन्छु सतसंग भनेकै सत्य कुरा हो । धेरै कुरा सिकेका छौ तिमि हरु पढेलेखेका छौ संसार चिनेबुजेका छौ सत्यकुरा बुजेर काम गरे पानचान भगवान घरमा राखे र पुजा गरे पछि कुलपित्री हरुको सम्झना राखेर सेबा गरेउ भने भगवान ले सधैभरि रक्षा गनुन्छ । देबता ले दिदा पनि पित्रि ले हेछन भन्नि चलन पनि छ । आखा ले देखेका पनि छौ । तिमि हरु सारै बुद्धिमानि पनि छौ । सत्यकुरा झुटो कइलै हुदैन हर्ने मर्ने दिलाउने उनै प्रभु हुन । उनैको भरबीस्यास मा बसेर काम गर्नु कैलै समस्या पर्ने छैन । यहि भनि छोडेकि छु ।

तो अबस्थामा पर्दापनि बाचेर र् बसैपिछे जन्माउने हुर्काउने समय आइ सृष्टी त भगवान कै हो । सबैले जन्मायपछि हुर्काउनै पर्छ पढाउनै पर्छ । २ घर को यउटा बुहारी बर्सर्ेेछ का ५ जना छोरा राणा साशन को समय ठुलो सास फेर्न परे बाहिर जान पथ्र्यो बुवा कैले पढन जाने कैले प्रदान प्रचन हुने भेटेर कुरा राख्न पनि गारो थीयो । नलेखेको भय तिमिहरु लाइ थाहा हुनेथियन । भुपाल ले मलाइ थाहा भयन क सानो थिय तपाइको जीबन कहानि सुन्न पाय हुन्थ्यो  भनेको हुनाले लेख्न लायकि हु । सकेसम्म मिलायर लेखे जस्तो लाग्छ कुरा मिलेनर फेरगरि हुने जस्तो भयमा कम्प्यूटरमा राखे नहुने जस्तो भय कापि मा छोडिदिय । जीबन कहानी बिहान उठेदेखि नै लेख्न लायकि हुम अइले साडे ५ बज्यो कलम रोकियको छैन । जीबनमा जेजस्तो भयपनि अब बाचेर देखेर रमाउन पायहुन्थ्यो उनै प्रमातम् को खेल हो हामिले भनेर केहि हुने छैन । जय गुरु देब । 

1 comment:

  1. आमालाई ढोग गरें ।
    परिश्रम, सहनशिलता र सतकर्मकोबाटो हामिलाई सिकाउन हजुरको योगदानको बयान गरेर साध्यै छैन । अरुको कुभलो नचिताई आफ्नोलागि मात्र निरन्तर मेहेनत गरि सफलहुने आमाहरुको सुचिमा हजुरको नाम एकै नम्वरमा आउछ जस्तो लाग्छ । जीवन दमेक, चितवन हुदै अहिले काठमाण्डौमा कुदिरहेको छ त्यहि हजुरको मुल मन्त्रलाई आत्मसाथ गर्दै...

    जीवन दिनेलाई दिने उपाहार के होला खोई, कर्कलो पकाउदा मनले सम्झन्छु , विहान दुध तताउदा सम्झन्छु , दिउसो फलफुल खादा सम्झन्छु, रोटि राम्ररि फुर्यो भने सम्झन्छु । केवल सम्झना मात्र.....

    ReplyDelete