Friday, February 27, 2015

आमाको आसा र बिलाप

दसमैना कोखमा राखि यो धर्तिमा ल्यायौ

सुख भोग गर्ने आसाथीयो यैले दुख पायौ

माता पिता धनसन्पति सबै बाटो लायो

सुख भोगने आसा थियो ऐले दुख पार्यो

माथि मिथि कैलाशैमा रुखमाथि रुख

पुर्वकर्म छैन मेरो कैले हुने सुख

यो धर्ति मा आय देखि रोयको रोयै छु

दया गर मेरो प्रभु हासेर मर्ने छु

सबै भन्दा बलवान कर्म रैछ हरि

संसार रुपि संसारमा जन्म न होस फेरी

धनसम्पति नाता गोता दुई दिन को मेला

हरि नाम सत्ते रैछ सम्झे यति बेला

No comments:

Post a Comment