Friday, February 27, 2015

संसारको बन्धन

संसारको बन्धन

बिसयको संगतै गरियो संसारको बन्दन मा परियो

गरियन प्रभुको ध्यान संसारमा भयन कै काम

आयु हाम्रो गैसक्यो खेर हरि भजौ न गरौ अबेर

फुर्सत मिलाउ सतसंग गर्नलाई

संसार रुपि सागर र्तन लाई

भक्ति गरे अबिमान मेटिनछ

मुक्ति हुने मुल बाटो भेटिन्छ

नरदेउ मुक्ति को द्धार हरि भजन

गरेर लाउ पार जिबन बीतो औलादीन गदैमा योतेरो योमेरो भन्दैमा

सदैभरि लागिरहोस श्रीकृष्ण मन

सत्कारेमा लागिरहोस आजीयको धन

गुणीज्ञानि भक्ति बनुन सबै परिवार

श्रीकृष्णका भक्ति नैहो जीबनको सार

नासबान हो संसारको सबै सुख बुझ

अनिते देउ पनि भन्दै राम भज

कासि गय मथुरा गय गय बिन्द्राबनमा

मैले हरि दर्शन पाय आफ्नै भित्रिमनमा

धनसम्पति छुटी जान्छ केहि जान्नछ केई जान्न साथमा

पाप र धर्म मात्रै जान्छ जीबआत्मा को साथ मा

शरीर पनि छुटी जान्छ जल्छ चिता माथि

कोईपनि हुने छैनन् आखिरमा साथि

सत्ययुगमा बिश्णु थियौ त्रेतायुगमा राम

द्धापरमा कृष्णबाला कंस माने काम

अनेक रुपलियौ प्रभु अनेक गर्यो काम

ऐलेसम्म घर गृहस्थी भयर भुलियो

राम कै नाम राम्रो रैछ राम कै नाम गुलियो

कुमाले को चक्र जस्तै रैछ जिन्दगानि

नाग्गै आयौ नाग्गै जान्छौ केई छैन केई लानि

सधै भरि झगडा र्गछन् मेरो मेरो

छोडि जानै पर्ने रैछ सबै सेरो फेरो

माता गय पिता गय गय दाजु भाई

अब हाम्रो पालो आयो भजम राम लाई

No comments:

Post a Comment