Friday, February 27, 2015

कृष्ण बोलि देउ

कृष्ण बोलि देउ

हे कृष्ण बोलिदेउ कुन हो तिम्रो धाम

राम होकि कृष्ण होकि कुन हो तिम्रो नाम

मन्मन्दिरमा पनि देखे तिमि बसे जस्तो

धुपदिप बालेमैले आनन्दभो कस्तो

गहभरि आसु पारी डाके तिमि लाई

बस्नमन लागेको छ तिम्रो छेउमा आई

तिमीलाई खोद्दा खेरी नदी नाला बग्छन्

आकास भरि तारा पनि तीम्रै नाम जप्छन्

तीम्रो आखा होकि जस्तो लाग्छ चन्द्र सुर्य तारा

जता सुकै तिमी जस्तै देख्छु सनिसार

रामपनि तिमिनै हौ कृष्ण पनि तिमि

चार युगा सात लोक धाम पनि तिमि

No comments:

Post a Comment