Thursday, February 26, 2015

परिचय

 २४ गते २०७१ साल फागुन योजनम् भुमिका पुकार

श्री लक्ष्मी नारायण भगवान को जय हो । लक्ष्मी नारायण को चरणमा दण्ड बत् कालि गण्डकि सहस्य धारा मुक्तीनाथ धाम लाई मेरो कोटि कोटि नमस्कार छ । तेहि पुन्ने भुमि मा जन्म भयो -कोटि नमस्कार, कोटि नमस्कार जन्म भुमि माता लाई कोटि नमस्कार्रर् गछु ।

नमस्कार पानचायन भगवान लाई गर्छु नमस्कार रक्षा गर्नु होस सुर्य चंन्द्र सबै ले रक्षा गर्नु होस पर्छु शरण कुल पित्रि हरु को पर्छु शरण सेवा गरौला माता पिता गुरु को सेवा गरौला गण्डकि अर्चनर् पर्बत लाई कोटी नमस्कार ।

१ पाई कुनाचौर मा २०१२ साल जेठ महिना २५ गते जन्म भयो १० बर्षको उमेर देखिनै गण्डकी नुआउने भगवानको भजनमा रमाउथे । घरमा सबैले पुजा गरने हुनाले र भजन किर्तन गर्ने हुनाले भजन किर्तन सारै मन प्रर्थो। जहा गयको भयपनि आइपुग्थे भगवान को तिर्थ न खादा सम्म भात खाने थिहन हजुरबुवा हजुरआमा बुवा आमा दाजि भाउजु भाई बुहारी सबैले भगवान को पुजा गर्ने हुनाले पुजा गर्न सारै मनर् पछ । अभ् कान्छा बुवा र कान्छी आमा त पाहड को लक्ष्मीनारायण मन्दीर बसेर पुजा गनुन्छ । कान्छा बुवा का छोरछोरी भाईबहिनी पनि सबैले पुजा न गरि खाना खादैनन् भतिज भतिजि पनि उस्तै छन्। तेसैले होला भगवान ले पनि मेसोमिलाइ दियको यो सब कर्म गरेको भयर । बिहान उठेर हातमा लगाउने कपडा समाइ गण्डकी मा नुहायर लुगा लगाई घर फर्क्र्ने गर्थे । घर आयपछि हजुरबुवा हजुरआमा ले पुजा गर्नुहुन्थ्यो मैले फुल टिपेर जोति काटेर आरति पुस्पान्जली मा सामिल हुन्थे । पुजा सकेपछि तिर्थ लियर मात्र बाहिर नीस्कन्थे र खाना खायर स्कुल जान्थे ।

स्कुल मा टिकाराम गुरु पढाउने उहाले राम्र्रो संग अक्षेर चिनायको हुनाले अहिले २०
, ३० बर्ष कापि कलम नछुदा पनि यत्तिको लेख्न जानेकि हुम । अक्षर चिनाउने देखि  मन्तर सुनाउने उहानै हुनुन्छ । स्कुल जादा मनरुपा भनेर नाम लेखि दियको पनि उहानैले हो ।

 

हजुरबुवा को नाम बुदिसागर रिजाल र हजुर आमा को नाम नारायणि रिजाल हो बुवा को नाम यज्ञ प्रसाद रिजाल हो आमा को नाम अचर्ुत दासि रिजाल हो स्यानि आमा को नाम भगवत दासि रिजाल हो  कान्छा बुवा को नाम तुलसि राम रिजाल हो कान्छि आमा को नाम बिष्णु दासि रिजाल हो दाजि गोविन्द र भाउजु द्रि्रा हुनुन्छ यउटा भाईकृष्ण र अर्को भाई दयाराम हुन बुहारि कृष्ण कि राधा र दयाराम कि सारदा हुन । दिदि हरु ४ वटी भगवति र सरस्योति बैनि लक्ष्मि र ममेनुका - भाई गोपाल कमल रामु बैनि देबि जमुना र गंगा )


यो गुरु को परिचय

अक्षर चिनायको र मन्तर सुनायको भौति मार्ग को बाटो देखाई दियकोमा उहालाई आत्मै देखि र हृदय देखि नै सास्टग दन्डबत प्रणाम गर्दछु । मन्तर दिने बेलामा चन्द्रगुरु पनि हुनुन्थ्यो उहालाई पनि मुरिमुरि नमस्कार छ ।

उहाहरु लाई लक्ष्मीनारायण भगवानले रक्षा गरुन भन्दै भगवान संग प्राथ्ना गरिरहेकि छु । झुलके झुलझुल हरिदयामा भगवान उनै भगवान को दीनरात रटना लैजाउ भगवान हामलाई पनि बैकुन्ठ भीतरै सरण रक्षा गर भगवान ।

अब घरतिर

जीजुबुवा सक्ति प्रसाद सापकोटा जीजुआमाको नाम ख्यामकलि हो । हजुरबुवा मनोहरी र हजुरआमा चन्द्रकला । बुवा राजेन्द्र सापकोटा र आमा शोभा सापकोटा हो । बाबु हरु सुरेन्द्र र अर्जुन हुनुन्छ । देबरानिहरु गीता र नीरजा हुन अब छोराछोरि सिला ,सगुन,र्सदा अबि र अनुज्ञ । अब ननन्द अमाजु - लक्ष्मी अमाजु दिदि मिलन, गीता,रिता सिता ननन्द हुन्

यो घरपरिवार

२०२७ सालमा बीवाह भयो घरमा हजुरबुवा हजुरआमा पल्ला घर हुनुन्थ्यो यता घरमा आमा साना भाई बहिनि गीता सिता रिता र अर्नुन थिय बुवा पनि कांठमाडौ हुनुन्थ्यो गोठमा गाई भैसि गोरु घोडा हरु प्रसस्तै थिय पाहड को ठाउ दाउरा घास सोतत्र गर्नुपर्ने हुनाले पढ्ने र लेख्ने वातावरण मिलेन तेतै तिर भुलियो पाईछदा स्कुल गयर पढदा १ कक्षामा बोडफस भयर २ नपडि ३ मा लगिदिय ३ मा पनि बोडफस भइ ५ मा पढदै थिय तेस पछि का दिन २० वर्ष दमेक मा बिते कसरि बिते थाहा नै भयन सम्झन पनि गारोथियो ।

अब श्रीमान राजेन्द्र प्रसाद सापकोटा छोरा हरु कमल ठुलो बेपार गर्छ । बिमल माइलो वकिल हो । निर्मल साइलो ले क्याम्पस र हस्पिटल खोलेर हस्पिटल मा देखरेख गर्छ । बिसाल काइलो फेन्सि पसल गर्छ । भुपाल कान्छोर् इन्जीनियर कम्प्युटर मा काम गर्छ । तिन भाई काठंमान्डौ र दुई भाई चितवन मा छन् ।

२०४७ सालमा  चितवन आइयो ५ बर्षसानो घर मा बसियो त्यापनि उस्तै भयो दिन रात घुचटन गारो थियो २०५२ सालमा घर बनायर घर सरियो छोरा हरुपनि कोई काठंमान्डौ तिर गय र कोइ घरमाहि थिय बिवाह गरे पछि बुहारि पनि छोराहरु जहाछन उहि गय तेस पछि नसा सम्बधि रोग थियो केइ गर्न सकिन जग्गा पनि अरुलाइ कमाउन दिय भैसि पनि दुयर खाने मान्छे लाइ दिय तेसपछि बल्ल खुलेर धर्म सस्ता मा र भजन किरतनमा जाने गरियो । 

बुवारि  कमला ठुलि पसल गर्छिन् बिमला माइलि कम्प्यूटर मा काम गर्छिन निर्मला साइलि क्याम्पस मा पढाउछिन बिसला काइलि पसल मा गर्छिन र भुमिका कान्छि पनि कम्प्युटर मा काम गर्छिन । अब नाति नातिनी नाति आसुतोष, आदित्यअनुजआर्यसिद्धीआर्यन र आभाष नातिनि अनुष्काआर्यशिलार अर्चना जम्मा ९ जना आफन्नो उमेर अनुसार सबैले राम्रै पढेका छन् ।


No comments:

Post a Comment