Friday, February 27, 2015

राम राजा

राम राजा

अयोध्याका राजा अब राम हुने भय

पुरबासि भन्नथाले खुसिदिन लागे

जताततै खुसियालि रमाईलो भयो

कठैबरा त्यो रमाइलो यकैछिनमा गयो

दशरथ चक्कर खाइ भइमा पल्टे कठै

अक्क मक्क परे अब पुर्रबासि सबै

रामराजा हुनि भन्दा कत्रो खुसि थीयो

कैकैइ को जालले गर्दा मुटुनै चिरीयो

धेरै बेर पछि मात्र राजा होसमा आय

कैकेई लाइ समजाउन फेरी उनले थाले

राम राजा बन्ने हुदा सारा प्रजा खुसि

किन आज त निस्ठुरी बनेकि होस दुखि

जति बिन्ति गरेपनि खेरैगयो

श्रीराम लाई थाहा भयो हल्ला फैलि गयो

श्रीरराम ले सोध्न थाले केभोपिता जीलाई

कैकईले सुनाइहाली आप्mना कुरा सबै

पिताजि जान्छु मवन दुखि छैन है योमन

दशरथको आखा बाट आसु बररर

धुक्क धुक्क गरि कठै रोय धररर

मेरा राम लाई बन मैले पठाउने छैन

निस्ठुरीले अब मलाई बाच्न दिने भइने

बोल्नै सकेनन् राजा कस्तो आपत भोहे आज

श्री रामले भन्न थाले सितालाई अब

चौध र्बस बनमा जान्छु तिमि धर्म बस

म पनि हजुर संगै बनबास लाग्छु

जति कस्ट परेपनि सबै कस्ट खप्छु

न जाउ हे सिता बन सारै रुने छ योमन

भाई लक्ष्मण पनि अब जान्छु भन्न थाले

जति सम्जाउदा पनि लागेन केहि हरे

तिनैजना पिता संग बिदा माग्न गये

अब यन्हि जंगल मा पक्कै जाने भय

कत्ति मानिनन् सिताजि बिदा दिनुहोस पिताजि

राम कृष्ण भगवान श्याम सुन्दर

हाम्लाई पनि बैकुण्ठ मा लानुन्छर

तिनै लोकका अघि पति संखरचक्कर घारी

हामलाई पनि अब लैजाउ भबसागर तारि

चिन्न सकेनौ अपृभित्र भगवान चिन्न सकेनौ

चिनिदैन राम ज्ञानको कमि भयोभनि चिनीदैनराम

बाटो खोज्दैछु जानेठाउ कता होला बाटो खोज्दै छु

भन्नुहुन्छ हरी मैलाई जप हरी हरी भन्नुन्छ हरी

कसैलेपनि हेर्ने छैन हामि र्मदा

रामले बाटो लगाउनेहुन दुख र्पदमा

परन हामलाइ न परोस जिमको खानामा

प्रभुनाम जपम् आयो र्मने बेलामा

प्रभु बिना संसारमा छैन मेरो कोई

प्रभु मेरो हुनुन्छ महु हजुरकै

माता गय पिता गय गय दाजुभाई

अब हामो्र पालो आयो भजं राम लाई

No comments:

Post a Comment